टिकट बिक्रीबाटै ५८ लाख रुपैयाँ आम्दानी


दमक । यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै ५८ लाख ३ हजार आम्दानी भएको छ ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र ३० लाख २ हजार ४०० रुपैयाँ को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै ५ लाख ५० हजार ७०० रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख ५ हजार ५०० रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।

पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताए।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।