एनपीएल प्रसारण अधिकार केवल डिशहोमलाई मात्र अन्य प्लेटफर्महरु गैरकानुनी


काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित ‘नेपाल प्रिमियर लिग’ प्रसारण गर्ने अधिकार केवल डिशहोमलाई मात्र रहेको छ ।
‘नेपाल प्रिमियर लिग’ डिजिटल प्लेटफर्म तथा समाजिक सञ्जालमा प्रसारण नगर्न नेपाल क्रिकेट संघ (क्यान) तथा डिशहोमद्धारा सूचना जारी गरिएको छ ।

अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा प्रचार–प्रसार नगर्न–नगराउनु डिश होमले एक सूचना मार्फत अनुरोध गरेको छ ।

नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउन क्यान तथा डिश मिडिया नेटवर्क लिमिटेडको तर्फबाट संयुक्त निवेदन गरेका छन् । साथै त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउने डिशहोमले सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।