भुजुङ हाइड्रोपावरलाई शेयर निष्काशन अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले  भुजुङ हाइड्रोपावरलाईआईपीओ निष्काशन अनुमति दिएको छ । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक शेयरधनी छन् ।

कुमारी क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको भुजुङ हाइड्रोपावरले मंसीर ११ गते बोर्डबाट शेयर निष्काशन अनुमति पाएको हो ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार  ०७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।