नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ ।  नेपाल फाईनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले २ लाख २६ हजार ४०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनत्तम मुल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा संस्थापक शेयरधनी बाहेक अन्य इच्छुक व्यक्ति÷संस्थाले १५ दिन भित्र आवेदन पेश गर्न सक्ने छन् ।

कम्पनीले कात्तिक १२ गते सेयर बिक्रीको लागि संस्थापक सेयरधनीलाई आवेदन खुलाएको थियो । उक्त समयमा कुनै पनि सेयरधनीबाट आवेदन नपरेका कारण कम्पनीले सर्वसाधारणका लागि आवेदन खुलाएको हो ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।