कुथेली बुखरीले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै


काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले पुस २९ गते, मंगलबार, काठमाडौँ बैङ्क्वेट, प्रालि, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो साढे २ बजे चौधौँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंक वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुकक्लोज गर्दैछ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।