४ कम्पनीको शेयरमूल्य समायोजन


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। आज नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले यस दिन महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ भने नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात महालक्ष्मीको शेयरमूल्य ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने नेपाल लाइफको ७७८ रुपैयाँ ५७ पैसा, सिंगटीको २७१ रुपैयाँ ४३ पैसा र नेपाल हाइड्रोको ६६९ रुपैयाँ ६३ पैसा कायम भएको छ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।