सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पारित गर्यो १५ प्रतिशत लाभांश


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको मंगलबार सम्पन्न २९औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न साधारण सभाले वित्तीय विबरण स्वीकृत गर्दै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८१÷०८२ मा ५० करोड २ लाख ४८ हजार ५२३ रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०।ण्८१ को तुलनामा कम्पनीले ८.५२ प्रतिशतले खुद नाफा बढेको जनाएको छ ।

त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६१४ रुपैयाँको बीमा दाबी भुक्तानी भएकोमा गत आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ रुपैयाँको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।