नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ४८ हजार ८५३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंककाे सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । संस्थापक सेयरधनीले माघ १३ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । उक्त समयमा बिक्री नभएमा उक्त सेयर अन्य सेयरधनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।