सुपरमाई हाईड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


काठमाडौँ । सुपरमाई हाईड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले बोनस सेयर पारित गर्न फागुन १७ गते लिसरा रिसेप्सन्स्मा बिहान १० बजे सभा बोलाएको हो ।

सभाले चुक्ता पुँजीको २० प्रतिशत अर्थात १० लाख ७० हजार कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँका दरले १० करोड ७० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।
यस्तै, सभाले कम्पनीको चुक्ता पुँजीको १ ः १ हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै, सभाले संचालक समितिको तर्फबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने लगायत प्रस्ताव पनि पारित गर्ने छ ।

एघारौं वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १३ गते एकदिनको लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधा्रण सभा र लाभांश वितरण प्रक्रियामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।