काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर ३० गते बुधबार बिहान १०ः ३० बजे नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा ३८ औं साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले नगद र सोको कर प्रयोजनार्थ ०.६५७८९४७४ का दरले बोनस सेयर पारित गर्ने प्रस्ताव पारित गर्ने छ ।
यस्तै सभाले आर्थिक वर्ष २०८१/०८२ को वासलात, आय–व्यय हिसाब, नाफा–नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । सभाले लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।












प्रतिक्रिया