टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले शुक्रबार टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशनको लागि बोर्डले अनुमति दिएको हो ।

१ अर्ब २० करोड जारी पुँजी रहेको कम्पनीले ३५.२६ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।