होटल फरेष्ट इन लिमिटेड अर्थात होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ, काठमाण्डौ र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । भर्खरै सेयर निष्काशन गरी बाँडफाँड गरेको होटलको सेयर व्यवस्थापन सम्बन्धि सबै काम अब एनआईशी एशिया क्यापिटलले गर्नेछ ।
सेयर रजिष्ट्रार सेवा अन्तर्गत एन आई सी एशिया क्यापिटलले होटल फरेष्ट इन लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोवारको लागि सूचिकरण गर्ने काम गर्नेछ ।
सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु २०८२ साल फागुन १० गते आइतबारदेखि एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया