काठमाडौँ । एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
फागुन १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७८/७९ पश्चात कुनै लाभांश वितरण गरेको छैन। सो वर्ष लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।












प्रतिक्रिया