हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आईपीओ निष्काशन गर्ने


काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो ।

कम्पनीले प्रिमियम दरमा शेयर निष्काशन गरेर ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  ०८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।