विन नेपाल लघुवित्तका सेयरधनीको हात खाली


काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवितले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

फागुन १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

साथै, बैठकले कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।