काठमाडौँ । सरकारले आगामी वर्ष २०८३ सालमा ५२ दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार राजपत्रमा प्रकाशन गरिएको सुचनामा बिदाका दिनहरू उल्लेख गरिएको छ ।
यसअघि फागुन १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले बिदा स्वीकृत गरेको थियो । सोही निर्णय अनुसार मंगलबार राजपत्रमा सूचना प्रकाशित गरिएको हो । यी बिदाहरू पर्व बिदा, दिवस बिदा, जन्म जयन्ती बिदा, जात्रा बिदा, आदि बिदा बाहेकका बिदाहरु हुन् ।
राजपत्रमा प्रकाशित गरिएको सूचना अनुसार २०८३ वैशाखमा ४ दिन, जेठमा ५ दिन, असारमा ४ दिन, साउनमा ५ दिन, भदौमा ४ दिन र असोजमा ५ दिन सार्वजनिक बिदा छ ।
यस्तै कात्तिक, मंसिर, पुस र माघमा ४–४ दिन बिदा दिइएको छ भने फागुनमा ५ दिन र चैतमा ४ दिन सार्वजनिक बिदा दिइएको छ ।












प्रतिक्रिया