काठमाडौँ । प्रभु बैंकले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “बचत नै भविष्यको आधार” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बैंकले सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत साताव्यापी रूपमा वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरी अभियानलाई प्रभावकारी बनाएको जनाएको छ ।
कार्यक्रमअन्तर्गत समुदाय, महिला, बालबालिका, विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा त्यसको सुरक्षित प्रयोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा पनि विशेष जोड दिइएको थियो ।
बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि वित्तीय सचेतना अभिवृद्धि गर्दै अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील विवरण साझा नगर्न तथा डिजिटल ठगीबाट सचेत रहन आग्रह गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभु बैंकले आगामी दिनहरूमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।












प्रतिक्रिया