काठमाडौँ । सेयर बजारमा तिव्र उतारचढाव देखिएको छ । बजार खुलेदेखि उतराचढाव देखिएको नेप्से १२ः३० मा १.८८ अंकको गिरावट सहित २९३४.६७ विन्दुमा पुगेको छ ।
प्री–ओपनिङमा स्थिर देखिएको बजार कारोबार सुरु भएको ५ मिनेटमा ४ अंकले बढेकोमा कारोबारको १५ मिनेटमा १४ अंकले घटेको थियो । यस्तै कारोबारको ३५ मिनेटमा नेप्से ७ अंकले बढेको थियो, त्यसपछि भने क्रमिक रुपमा ओरालो लागेको छ ।
यो अवधिमा ३२३ कम्पनीका १ करोड ३५ लाख ४९ हजार ९१५ कित्ता सेयरहरू ५ अर्ब ८० करोड ५० लाख ९० हजार रुपैयाँमा किनबेच भएका छन् ।
समग्र बजार घट्दा पनि सालपा विकास बैंक, रिलाइन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पाटनर् र होटेल फरेष्ट इन्को सेय मूल्य १० प्रतिशतले बढेको छ ।
यो अवधिमा कारोबार रकमको आधारमा अपि पावर कम्पनी ३८ करोड ५० लाख २८ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । यस्तै रादी विद्युत कम्पनी ३६ करोड ३९ लाख ६३ हजार रुपैयाँको कारोबार सहित दोस्रोस्थानमा रहेको छ ।












प्रतिक्रिया