काठमाडौँ । शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी आइतबार छाडेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बयान लिएर रिहा गरेको विभागले जनाएको छ ।
यसअघि शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।
शुक्रबार पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो ।












प्रतिक्रिया