अब शुक्रबार पनि सेयर कारोबार हुने


काठमाडौँ । अबदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ ।

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार बजार खुला गर्ने निर्णय लिएको हो । अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।

शुक्रबार कारोबार खोल्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले जानकारी दिए । उनका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम गरिनेछ र सोही दिन शेयर कारोबार समेत हुनेछ ।

हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।