काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो।
कम्पनीले २०८३ बैशाख २७ गते, आइतबार, कालीमाटी ब्यैङ्केट, कालीमाटी, काठमाडौँमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले हकप्रद शेयर जारी गर्ने लगायत अन्य कम्पनीहरुमा लगानी गर्न सहज बनाउन होल्डि कम्पनीको रुपमा विकास गर्न कम्पनीको नाम परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बैशाख ४ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार बैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता र लाभांश प्राप्त गर्न सक्नेछन्।










प्रतिक्रिया