काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्से सूचकमा हुने वृद्धि वा गिरावटको सीमालाई परिमार्जन गर्ने भएको छ । नेप्सेले शेयर बजारको उतारचढाव नियन्त्रणका लागि प्रयोग गर्दै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको हो ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।
जसअनुसार ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक लाग्ने बनाउने प्रस्ताव आएकोको धितोपत्र बोर्ड (सेबोन) उच्च स्रोतले जानकारी दियो । उक्त प्रस्ताव गरेर सेबोनमा पठाएको र उताबाट स्वीकृत भए लगतै यो व्यवस्था लागु गरिएको बताइएको छ ।
नियमित कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ। यसअघि ४ प्रतिशतको वृद्धि वा गिरावटमा २० मिनेटको लागि कारोबार रोक्ने व्यवस्था थियो ।
यसअघि नेप्सेमा ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकर व्यवस्था थियो। नयाँ संशोधनले ४ प्रतिशतको व्यवस्थालाई हटाएर सिधै ५ प्रतिशत कायम गरेको छ भने अन्तिम सीमालाई ६ बाट बढाएर ८ प्रतिशत पुर्याएको छ।
५ प्रतिशतको पहिलो सर्किट ब्रेक लागेर पुनः खुलेको बजारमा यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। अहिले ६ प्रतिशतको उतारचढाव भएमा दिनभरका लागि कारोबार बन्द हुने प्रावधान रहेको थियो ।










प्रतिक्रिया