काठमाडौँ । दुई स्टकको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले आत्मनिर्भर लघुवित्तको १४।२५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजनपश्चात आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा कायम भएको छ भने प्रभु इन्स्योरेन्सको ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको शेयर प्रतिकित्ता ६ हजार ३६५ रुपैयाँ ४० पैसा र प्रभु इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।










प्रतिक्रिया