सन्तोषनारायण श्रेष्ठले सञ्चालक समितिको बैठकमा भने: म राजीनामा दिन्छु


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिने बताएका छन् । शुक्रबार बसेको बोर्ड सञ्चालक समिति बैठकमा उनले आफूले अध्यक्ष पदबाट राजीनामा दिने बताएको एक सञ्चालकले नोटबजारलाई जानकारी दिए ।

धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्ने धितोपत्र ऐनमा व्यवस्था छ । अहिलेसम्म भने उनले राजीनामा दिएका भने छैनन् । अर्थमन्त्रालय स्रोतका अनुसार हालसम्म उनको राजीनामा आएको छैन ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  २० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।