काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ । राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताएका छन् ।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।












प्रतिक्रिया