काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी सामान्य मात्र बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.९३ प्रतिशत बढेर ६ अर्ब ९ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढेर २ अर्ब ४० करोड १ लाख रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा बढ्न पुगेको हो । उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ ।
यस बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ । बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।










प्रतिक्रिया