काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार तीन लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
सो निष्काशनमा कुल २७ लाख ३० हजार ९८७ जनाले दुई करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयरको लागि आवेदन दिएका थिए।
कम्पनीले गत बैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीहरुका लागि निष्काशन गरेको थियो।












प्रतिक्रिया