एनआईसी एशियालाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको अनुमति


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैंकले आज पूर्व–स्वीकृति प्राप्त गरेको हो। बैंकले नेपाल राष्ट्र बैंकबाट हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पूर्व–स्वीकृति पाएको हो।

हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ। नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।