काठमाडौँ । गर्मी सुरु भएसँगै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्ताहरूलाई स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल एवं स्वच्छ राख्न आफ्ना ८ अत्याधुनिक एयर कूलरहरू मार्फत विशेष अपिल गरेको छ ।
ब्ल्याक+डेकरले दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि नेपाली बजारमा उच्च गुणस्तरीय जीवनशैलीका लागि निरन्तर योगदान दिँदै आएको दाबी समेत गरेको छ ।
बाहिरी वातावरणको चर्को गर्मीलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि धेरै समय बिताउने घर वा कार्यालयभित्रको वातावरणलाई ब्ल्याक+डेकरको अत्याधुनिक प्रविधिमार्फत सुरक्षित र शीतल राख्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
यूभी ग्रेड पोलिमर बडीबाट बनेका ब्ल्याक+डेकरका कूलरको बडी चर्को घाम र कडा गर्मीमा पनि चर्कने वा रङ्ग उड्ने समस्या हुँदैन र यो वर्षौंसम्म नयाँ जस्तै मजबुत रहने विज्ञप्तिमा उल्लेख छ ।
आकर्षक प्रिमियम ह्वाइट कलरमा उपलब्ध यी कूलरहरूले आधुनिक घरको इन्टेरियरमा थप रौनकता थप्दछ । यसमा प्रयोग गरिएको अत्याधुनिक एरोडाइनामिक फ्यान प्रविधिले अत्यन्तै कम आवाजमा काम गर्छ, जसले गर्दा सुत्दा वा काम गर्दा कुनै बाधा पुग्दैन ।
एण्टिब्याक्टेरियल हनीकम्ब प्याडले हावामा रहेका हानिकारक सूक्ष्म कण र ब्याक्टेरियालाई फिल्टर गरी शुद्ध र स्वस्थ हावा प्रवाह गर्ने भएकाले आफ्ना उत्पादन उपभोक्तामैत्री हुने कम्पनीको दाबी छ ।
इन्भरटर कम्प्याटिबल मोटर्सले कम विद्युत खपत गर्छन् र इन्भर्टरमा पनि सहजै चल्ने बताइएको छ ।
कम्पनीका अनुसार व्यक्तिगत कोठादेखि ठुलो हलसम्मका लागि ८ मोडेलहरू बजारमा उपलब्ध छन् । जसमा ब्ल्याक+डेकरले व्यक्तिगत प्रयोगका लागि, आधुनिक टावर डिजाइनमा, शक्तिशाली कुलिङका लागि, र प्रिमियम रेन्जमा कुलरहरु उपलब्ध हुनेछन् ।
देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी शपी शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन सीजी डिजिटल डटकम डट एनपीबाट सहज र सुलभ तरिकाले कुदरहरु खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । ब्ल्याक+डेकरका एयर कूलरहरू १२ महिनाको विस्तृत वारेन्टीमा उपलब्ध हुनेछन् ।












प्रतिक्रिया