कतिले पाए स्नो रिभर्सको आईपीओ ?


काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।

७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट गरिएको हाे ।

जस अनुसार बाँडफाँट गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।