२३ वटा समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिको सूचना दिन अनुरोध


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक गरेको छ ।

समितिले सञ्चालकहरुको नाम सहितको विबरण सार्वजनिक गर्दै ती सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्तीको सूचना उपलब्ध गराउन अनुरोध गरेको छ । समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी कोही कसैसँग भएको भए समितिलाई जानकारी दिन भनेको हो ।

‘सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ,’ समितिले सूचनामार्फत अनुरोध गरेको छ ।

समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरुलाई सम्बन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन गर्न सहयोग गर्न आग्रह समेत गरेको छ । अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख छ ।

समितिले सार्वजनिक गरेको समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरुको विबरण यस्तो छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।