निर्जीवन बीमकले गरे ४४ अर्ब ३८ करोडको व्यापार, साढे २६ लाख पोलिसी बिक्री


काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ४४ अर्ब ३८ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले २६ लाख ५१ हजार १० वटा बीमा पोलिसी बिक्री गरी कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

आर्थिक वर्ष २०८२\८३ को जेठ महिनासम्ममा सबैभन्दा धेरै शिखर इनस्योरेन्स कम्पनीले कुल बीमाशुलक संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यता, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ८० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इस्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेपाल इन्स्योरेन्सले १ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यता, जेठ महिनासम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २६ लाख ५१ हजार १० वटा बीमालेख जारी गरेर ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

जुन गत वर्षको तुलनामा १३.७१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म कम्पनीहरुले २५ लाख ८७ हजार ३१५ वटा बीमालेख जारी गरेर ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

जेठको व्यापार कति ?

निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै १४ वटा ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ माथिको बीमा व्यवसाय गरेका थिए ।

यस आधारमा गत आर्थिक वर्षको जेठ महीनाको तुलनामा चालू आर्थिक वर्षको जेठ महीनामा निर्जीवन बीमा व्यवसाय ३.९२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

जेठ महीनामा सलिकोले सर्वाधिक ५१ करोड ५२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ भने दोस्रोमा शिखर इन्स्योरेन्सले ४३ करोड ४१ लाख रुपैयाँ, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ५७ लाख रुपैयाँ, चौथोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ३७ लाख रुपैयाँ र पाँचौंमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २८ लाख रुपैयाँको व्यवसाय गरेको देखिएको छ ।

त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ४ लाख रुपैयाँ, एनएनली इन्स्योरेन्सले २८ करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २६ करोड ९६ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले २१ करोड ५३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १९ करोड २२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १३ करोड २५ लाख रुपैयाँ माथिको व्यवसाय गरेका छन् ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।