मितेरी डेभलपमेन्ट बैंकको १ लाख ६२ हजार बढी कित्ता सेयर बिक्रीमा


काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले १ लाख ६२ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १ लाख ६२ हजार ५२४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीकाे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटलमा आवेदन पेस गर्नु पर्ने छ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।