विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने


काठमाडौँ। विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपात ८० प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै मौद्रिक नीतिमा उल्लेख उक्त व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

सार्वजनिक यातायातको रुपमा प्रयोग हुने ठूला ईभीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाइने व्यवस्था गरेको हो। व्यक्तिगत र अन्य सवारी साधनको हकमा कर्जा मूल्यको अनुपात अधिकतम ६० प्रतिशत यथावत छ ।

‘सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुवाहक ठुला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेन(जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  ०७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।