काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५.३६ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको खुद नाफा ८७ करोड ५० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँ कायम भएको छ। त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ।
असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ रहेको छ। लघुवित्तको चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
लघुवित्तको चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ रहेको छ ।










प्रतिक्रिया