काठमाडौँ । एनएमबी बैंक लिमिटेडको खुद नाफा ४०.६० प्रतिशतले बढेको छ । बैंकले गत असार मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४०.६० प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी अधिल्लो आवको तुलनामा १७.५२ प्रतिशतले बढेको छ । गत वर्ष ८ अर्ब २ करोड रुपैयाँ रहेको खुद व्याज आम्दानी गत आर्थिक वर्षमा ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
बैंकको ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकले ग्राहकहरूलाई प्रवाह गरेको कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
बैंकको निष्कृय कर्जा समीक्षा अवधिमा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। यद्यपि, सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत कायम गरिएकाले जोखिम व्यवस्थापन बलियो बनाइएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया