काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २५२.९६ प्रतिशत बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको थियो भने सञ्चालन नाफा ५८ करोड ४० लाख रुपैयाँ पुगेको थियो ।
कर्जा असुलीमा आएको सुधारका कारण बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रुपैयाँबाट उल्लेख्य घटेर १३ करोड ५० लाख रुपैयाँमा झरेको छ । जसका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा पुगेको छ ।
बैंकले ग्राहकहरूबाट ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको कुल सम्पत्तिको आकार ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सञ्चित नाफासमेत जोड्दा गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । यस अनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ ९ प्रसा मात्र थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ कायम छ। सञ्चित नाफा र जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया