काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चेरीको क्यु–क्यु ब्रान्ड नेपाली बजारमा प्रवेश गरेको छ ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा क्यु–क्यु ब्रान्डअन्तर्गतको नयाँ विद्युतीय अर्बन क्रसओभर क्यु३ नेपाली बजारमा सार्वजनिक गरेको हो ।
इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री क्षमता छ । जसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज रहेको दाबी गरिएको छ।
गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको कम्पनीले जनाएको छ । त्यस्तै, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर छ ।
यसमा रियर–ह्विल ड्राइभ प्रणाली र ९० किलोवाटसम्मको मोटर विकल्प रहेको छ। नयाँ पुस्ताको क्यु३ मा ४१.२८ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको विवरण पनि सार्वजनिक भएको छ।
क्यु३ मोडल मुल्य ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार राखिएको छ।






प्रतिक्रिया