मंगलबारदेखि राजधानीमा सुरु भएको सवारी साधनको कुम्भ प्रदर्शनी नाडा अटो शोमा माछापुच्छ्रे बैंकले विशेष व्याजदरमा ग्राहलाई सवारी कर्जा उपलब्ध गराउने भएको छ । घट्दो अवस्थामा रहेको व्याजदरलाई ध्यानमा राखेर बैंकले नाडा अटो शोका लागि आकर्षक व्याजदर तय गरेको हो ।
प्रदर्शनीमा स्टल खोलेर सेवाग्राहीलाई आफ्ना सेवाका बारेमा परामर्श दिँदै आएको बैंकले कुनै पनि रेन्जका सवारी साधन किन्न चाहने सेवाग्राहीलाई साउन महिनाको आधार दर ४.९५ मा ०.५० प्रतिशत प्रिमियम थप गरेर ५.४५ प्रतिशतको व्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको हो । नाडा अटो शोमा आउने उपभोक्ताका लागि नै बैंकले आकर्षक व्याजदर योजना तयार गरेको भन्दै बैंकले योजनाको लाभ लिन बैंकले अनुरोध गरेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्थापना वर्ष (स्वर्ण जयन्ती) को अवसरमा चलिरहेको १८ औं संस्करणको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन् ।
प्रदर्शनीमा ५३ ब्रान्डका सवारी साधन सहभागि छन् । जसमा २३ ब्राण्डका यात्रुवाहक सवारी, १७ ब्राण्डका हलुका व्यावसायिक सवारी र १३ ब्राण्डका दुईपांग्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।
नाडा अटो शोमा सवारी साधन बुक गरेका ग्राहकले बैंकको कुनै पनि शाखामा गएर सवारी कर्जाका लागि आवेदन दिन सक्नेछन् । कर्जा लिनका लागि आवश्यक कागजात, आम्दानीको स्रोत लगायत खुलाउनुपर्ने बैंकले जनाएको छ ।
व्यक्ति तथा संस्थाले कर्जा लिने क्रममा नेपाल राष्ट्र बैंकले ताकेको न्युनतम मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले प्रष्ट पारेको छ । अटो शो अवलोकन गर्न जानेहरुलाई लक्षित गरेर बैंकले प्रदर्शनीस्थलमा पनि स्टल राखेको छ । सो स्टलबाट पनि सेवाग्राहीलाई सवारी कर्जा लिनका लागि सहजीकरण गरिरहेको बैंकले जनाएको छ ।





प्रतिक्रिया