मंगलबारदेखि राजधानीमा सुरु भएको सवारी साधनको कुम्भ प्रदर्शनी नाडा अटो शोमा सिद्धार्थे बैंकले विशेष व्याजदरमा ग्राहलाई सवारी कर्जा उपलब्ध गराउने भएको छ । घट्दो अवस्थामा रहेको व्याजदरलाई ध्यानमा राखेर बैंकले नाडा अटो शोका लागि आकर्षक व्याजदर तय गरेको हो ।
प्रदर्शनीमा स्टल खोलेर सेवाग्राहीलाई आफ्ना सेवाका बारेमा परामर्श दिँदै आएको बैंकले कुनै पनि मोडल तथा रेन्जका सवारी साधन किन्न चाहने सेवाग्राहीलाई ५.९६ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । साउन महिनाको आधार दर ४.९६ मा १ प्रतिशत प्रिमियम थप गरेर ५.९६ प्रतिशतको व्याजदरमा सवारी कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । नाडा अटो शोमा आउने उपभोक्ताका लागि नै बैंकले आकर्षक व्याजदर योजना तयार गरेको भन्दै बैंकले योजनाको लाभ लिन बैंकले अनुरोध गरेको छ ।
यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरि आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सेवाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा ल्याएको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा ०१–५९७००२० मा फोन गरेर तथा [email protected] मा ईमेलबाट सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्थापना वर्ष (स्वर्ण जयन्ती) को अवसरमा चलिरहेको १८ औं संस्करणको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन् ।
प्रदर्शनीमा ५३ ब्रान्डका सवारी साधन सहभागि छन् । जसमा २३ ब्राण्डका यात्रुवाहक सवारी, १७ ब्राण्डका हलुका व्यावसायिक सवारी र १३ ब्राण्डका दुईपांग्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।
नाडा अटो शोमा सवारी साधन बुक गरेका ग्राहकले बैंकको कुनै पनि शाखामा गएर सवारी कर्जाका लागि आवेदन दिन सक्नेछन् । कर्जा लिनका लागि आवश्यक कागजात, आम्दानीको स्रोत लगायत खुलाउनुपर्ने बैंकले जनाएको छ ।
व्यक्ति तथा संस्थाले कर्जा लिने क्रममा नेपाल राष्ट्र बैंकले ताकेको न्युनतम मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले प्रष्ट पारेको छ । अटो शो अवलोकन गर्न जानेहरुलाई लक्षित गरेर बैंकले प्रदर्शनीस्थलको मुख्य प्रवेशद्वारमा स्टल राखेको छ । सो स्टलबाट पनि सेवाग्राहीलाई सवारी कर्जा लिनका लागि बैंकले सहजीकरण गरिरहेको छ ।





प्रतिक्रिया