काठमाडाैँ । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।
परेवाटार(नेपालटार(गजुरीटार(पिपलटार(आदमटार(बेलिनटार(केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो।
योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।
गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो।





प्रतिक्रिया