ग्लोबल आइएमई बैंकले कति दिँदैछ लाभांश ?


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात तोकिएको लाभांश वितरण हुनेछ। बैंकको भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।