हिमालयन ८०–२० को प्रतिफल घोषणा


काठमाडौँ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले प्रतिफल घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको हो ।

हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।