काठमाडौँ । टर्कीएमा भैरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्वोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धनुमा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रुपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्तु बारे नीतिगत अवधारणा छलफलका लागि पेश गरे।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाउनुभएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने समूहको अध्यक्षता गर्नलागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिवद्धता प्राप्त भएको छ।







