अपांगता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलको सेयर बजार सचेतना तालिम

प्रभु क्यापिटल लिमिटेडले बहिरा अपांगता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। अपांगता संरक्षण नेपालमा आबद्ध सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो। तालिम सञ्चालन प्रभु क्यापिटलको मार्केटिङ एसोसिएट विनय अधिकारीले गरेका थिए।…