नाफा सुरक्षित गर्ने होडले नेप्सेमा भारी गिरावट, २१ सय बिन्दुभन्दा तल झर्‍यो सूचक

साताको पहिलो दिन नेप्से हाफ सेञ्चुरी बढीले घटेको छ । अल्पकालीन लगानीकर्ताको नाफा सुरक्षित गर्ने होडले आइतबारको बजारमा उच्च गिरावट आएको हो । उच्च अंकले घटेसँगै नेप्से २१ सय बिन्दुभन्दा तल झरेको छ । नेप्से २.५० प्रतिशत अर्थात ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक ३.०४ प्रतिशत बिन्दुले झरेर…