युनियन लाइफको सेयर मूल्य समायोजन

युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । बुकक्लोज गरेसँगै नेप्सेले इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो । नेप्सेले माघ १५ गते कारोबार भएको अन्तिम मूल्य ५२१ रुपैयाँलाई आधार मानेर ८.९७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। बोनस समायोजनपछि कम्पनीको सेयरको भाउ प्रतिकित्ता ४७८ रुपैयाँ ११ पैसा कायम भएको छ ।…