मैलुङ खोलाको आईपीओ यसरी भयो बाँडफाँड, ६ जना भाग्यमानीलाई ११ कित्ता

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो । आएपीओमा आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता तथा ६ जनाले ११ कित्ताका दरले शेयर हात पारेका छन्। कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले…