नेप्से ६५ अंकले बढ्दा ५ अर्बको कारोबार, ११ कम्पनीको शेयरमूल्य ९% धेरैले बढ्यो

शेयर बजार परिसूचक मापक नेप्से ऐतिहासिक उचाइ नजिक पुगेको छ । बुधबार नेप्से सूचक ६४.७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ बिन्दुमा पुगेको हो ।  यसअघि २०७३ साल साउन १२ गते बुधबार नेप्से सूचकले पछिल्लो उच्च बिन्दु कायम गरेको दिन सूचक १ हजार ८८१ दशमलव ४५ बिन्दुमा रहेको थियो । सो बिन्दुभन्दा बुधबार ७…