घट्दो बजारमा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, कारोबार खुम्चियो

साताको तेस्रो दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ठूला कम्पनीहरु समेटिएका बीमा, बैंकिङ्ग सहित ब्यापार र उत्पादनमुलक सूचक १ प्रतिशत बढीले घट्दा सूचकसँगै कारोबारमा पनि दबाब देखिएको हो। कारोबार अवधिभर तीब्र उतारचढाव व्यहोरेको नेप्सेमा पौने १ बजेपछि निरन्तर बिक्री चाप हाबी हुँदा ७.५९ अंकले घटेर १४५४.८९ बिन्दुमा झरेको हो। अल्पकालीन लगानीकर्ताहरुबाट…